Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे माघ २० सन्धिखर्क –

सन्धिखर्क नगरपालिका वडा नं. ७ स्थित गच्छे घाट हाल आधुनिक र व्यवस्थित रूपमा विकास हुँदै गएको छ । सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा सम्बन्धित निकायहरूको सहकार्य र सहयोगमा निर्माण गरिएको यस घाटले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई थप मजबुत बनाएको छ ।

स्वच्छ, व्यवस्थित र मर्यादित वातावरणमा अन्तिम संस्कार गर्न पाउनु आफैंमा एक महत्वपूर्ण उपलब्धि भएको स्थानीयवासीहरूको भनाइ छ । स्थानीय जनताको भावना र आवश्यकतालाई मध्यनजर गर्दै गच्छे घाटलाई आधुनिक तथा व्यवस्थित बनाइएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठका अनुसार सबदाह गृह लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो भने अन्य भौतिक संरचना तथा व्यवस्थापनका कार्यहरू सन्धिखर्क नगरपालिकाको सहयोगमा सम्पन्न गरिएको हो ।

गच्छे घाट आधुनिक र व्यवस्थित बन्दै गएसँगै यस प्रकारको सकारात्मक र उदाहरणीय कार्यको स्थानीयस्तरमा सर्वत्र प्रशंसा गरिएको छ । यस महत्वपूर्ण कार्यमा योगदान पुर्याउने सम्पूर्ण निकाय, जनप्रतिनिधि तथा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ, जिम्मेवारी वहन गरौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP