Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे माघ २०, बुटवल –

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा सामाजिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई व्यक्तित्वलाई सम्मान गरिएको छ । बुटवलको ड्राइभरटोलमा सम्पन्न कार्यक्रममा वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. मोहन भुसाल र सर्पदंश उपचारमा लामो समयदेखि सक्रिय विशाल पाण्डे सम्मानित हुनुभएको हो ।

ग्यास्ट्रो सेन्टर बुटवलमा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टका रूपमा कार्यरत डा. भुसालले राजधानी बाहिरै रहेर अत्याधुनिक तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आउनुभएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै, सर्पदंश उपचारमा निरन्तर सक्रिय रहँदै जनताको जीवन रक्षा गर्दै आएका विशाल पाण्डेको योगदानको पनि प्रशंसा गरिएको छ ।

उहाँहरूलाई तिलोत्तमा जेसिजका अध्यक्ष सिनेटर प्रकाश न्यौपाने, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल तथा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष नवराज उपाध्यायले संयुक्त रूपमा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले तिलोत्तमा जेसिजले लामो समयदेखि सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी काम गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले समाजसेवामार्फत सकारात्मक परिवर्तन ल्याउन जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सम्मान ग्रहण गर्दै वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मोहन भुसालले तिलोत्तमा जेसिजको १४औँ पदस्थापना दिवसको अवसरमा आफूलाई सम्मान गरिएकोमा जेसिज परिवारप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

यसै अवसरमा वर्ष २०२५ का अध्यक्ष प्रकाश न्यौपानेले वर्ष २०२६ का अध्यक्ष रामु रोकालाई औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष रोकाले आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP