Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
माघ २० अर्घाखाँची –
अर्घाखाँची अस्पतालले सुविधा सम्पन्न नयाँ भवनबाट ल्याब सेवा सुरु गरेको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले एक कार्यक्रमबीच भवनको औपचारिक शुभारम्भ गर्नुभएको हो । यसअघि साँगुरो कोठाबाट सेवा दिँदै आएको प्रयोगशाला विभाग अब आधुनिक र व्यवस्थित भवनमा सरेसँगै थप अत्याधुनिक ल्याब परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ । प्रयोगशाला विभाग प्रमुख राजकुमार बन्जाडेका अनुसार नयाँ भवनबाट सेवा सुरु भएपछि परीक्षणको दायरा र गुणस्तर दुवैमा उल्लेखनीय सुधार आएको छ ।

अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले ठूला अस्पतालहरूमा प्रयोग हुने प्रविधि र उपकरणहरू प्रयोग गरी विभिन्न प्रकारका ल्याब सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । नयाँ भवनसहितको ल्याब सेवाले जिल्लावासीलाई छिटो, सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP