Trend
शुक्रबार , माघ २४, २०८२

श्याम घिमिरे
अर्घाखाँची २०८२ माघ २३ –

अर्घाखाँची जिल्लामा सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनहरू पछिल्लो समय गम्भीर संकटतर्फ उन्मुख देखिएका छन् । जिल्लाका विभिन्न रुटमा आवश्यकताभन्दा धेरै सवारी साधन सञ्चालन हुँदा अधिकांश गाडीहरू प्रायः खालीजस्तै गुड्न बाध्य छन् । व्यवसायीहरूका अनुसार कतिपय सवारीमा २–४ जना यात्रु मात्रै हुँदा पनि गाडी चलाउनुपर्ने अवस्था सिर्जना भएको छ, जसका कारण इन्धन खर्चसमेत उठाउन मुस्किल भइरहेको छ ।

यस प्रकारको अस्वस्थ प्रतिस्पर्धाले न त यातायात व्यवसायीहरू टिक्न सक्छन्, न त यात्रुहरूले दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा नै पाउन सक्छन्। यदि समयमै उचित व्यवस्थापन, रुट समायोजन र प्रभावकारी अनुगमन नगरिएमा जिल्लाको सार्वजनिक यातायात क्षेत्र नै गम्भीर संकटमा पर्ने सम्भावना देखिन्छ ।

दीर्घकालीन समाधानका लागि आवश्यक सुझावहरू –

-आवश्यकताको आधारमा सवारी संख्या निर्धारण गरी रुट व्यवस्थापन गर्ने
-यातायात सञ्चालन समितिको सक्रिय भूमिका र नियमित अनुगमन
-व्यवसायीहरूबीच आपसी समझदारी, समन्वय र सहकार्यको विकास
-अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै पालो प्रणाली वा समय तालिका व्यवस्थापन
-दीर्घकालीन यातायात गुरुयोजना (Transport Master Plan ) निर्माण र कार्यान्वयन

त्यसैले सम्बन्धित यातायात सञ्चालन समिति, स्थानीय तह तथा सरोकारवाला व्यवसायीहरूले आपसी एकता, समन्वय र दीर्घकालीन सोचका साथ यस विषयमा तत्काल ध्यान दिनु अत्यावश्यक देखिन्छ । समयमै सही निर्णय लिन सकिए सार्वजनिक यातायात व्यवसायलाई जोगाउन र यात्रु सेवाको गुणस्तर सुधार गर्न सकिने विश्वास लिइएको छ ।

अर्घाखाँची जिल्लामा झण्डै आधा दर्जन यातायात प्रालिहरूले गाउँका दुरदराज बस्तीहरूसम्म नियमित रूपमा यात्रुवाहक सेवा दिँदै आएका छन् । दुर्गम भूगोल र कठिन परिस्थितिका बाबजुद पनि स्थानीय नागरिकलाई आवागमनमा सहजता पु¥याउँदै यी यातायात सेवाहरू जिल्लाको आर्थिक र सामाजिक जीवनसँग जोडिएका महत्वपूर्ण आधार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP