श्याम घिमिरे
फागुन १३अर्घाखाँची ।
आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूसँग निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

साथै आचारसंहिता पालन, प्रचारप्रसारको मर्यादा, सुरक्षा व्यवस्थापन तथा दलहरूबीच आपसी समन्वयको आवश्यकता बारे धारणा राखिएको थियो ।
उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रशासनले पनि निर्वाचन अवधिभर आवश्यक सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा गरिने जानकारी दिएको छ ।








