Trend
शुक्रबार , फागुण १५, २०८२

श्याम घिमिरे,
फागुन १३ अर्घाखाँची

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले ‘नौं विकास र नौं नीति’ समेटिएको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पिताम्वर भुसाल ले सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमार्फत किसान निवृत्तिभरण, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी सरकारी खरिद, अधुरा पूर्वाधार शीघ्र सम्पन्न, ‘एक घर–एक धारा’ खानेपानी, गुणस्तरीय स्वास्थ्य बीमा तथा शिक्षा सुधारका योजना अघि सारे ।

युवाका लागि रिटर्नी उद्यमशीलता केन्द्र, भूमि बैंक, युवा स्वरोजगार र ‘गाउँ फर्क अभियान’ सञ्चालन गरिने बताइएको छ । साथै नौमुरे जलविद्युत आयोजना, पर्यटन सर्किट निर्माण, वन्यजन्तु नियन्त्रण, अनलाइन सेवा विस्तार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रतिबद्धता जनाइएको छ । उम्मेदवार भुसालले समग्र विकास र समृद्धिका लागि मतदातासँग समर्थन मागेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP