Trend

के पी भुसाल अजस
चुनावमा हुन्छन् सधैँ रमझम बस्ती,
गाउँघर डुल्छन् हेर नेताजीका गस्ती ।
तिघ्रेलाई दशैं हुन्छ राम्रै गर्छन् मस्ती,
खादा माला जुटाउन झोलेलाई सास्ती ।।

भाटिएका बाटा पनि धुलो उड्न थाले,
बोका ढल्न थाले पछि कस्ले गन्छ भाले ।
सबैलाई आउनथाले भेटघाटका निम्ता,
दारु मासु खानलाई छैन केही चिन्ता ।।

विकासका लहरले शिखर चुम्ने भए,
नोकरी र भत्ता मिल्दा हुन्छ सबको जय ।
ढाँटछल हुँदैहुन्न मिठो पाए खानु,
पत्याउन नसक्नेले भाषण सुन्दै जानु ।।

नाच्न मिल्छ गाउन मिल्छ के के मिल्छ मिल्छ,
होटेलमा बस्न खान सित्तै ऐले मिल्छ ।
नोट पनि मिल्छ अरे रासन पानी मिल्छ,
चिसो तातो खादै डुल्न गाडी तेल मिल्छ ।।

नाता पनि खोजी पत्तो उनै आफै लाउँछन्,
टाढै बाट हाँसिमुख दर्शनभेट गर्छन् ।
भोटमाग्ने चुनाबको नाता हुन्छ भिन्न,
भोटपाइ जितेपछि बोलचाल हुन्न ।।

बन्छन् अरे स्वास्थ्य चौकी राम्रा राम्रा अनि,
कमी भए एउटै हुन्छ हुन्नन् डाक्टर भनी ।
पढ्न मिल्छ उच्चशिक्षा हुनु छैन खिन्न ।
अरू चिन्ता किन गर्नु पढ्ने कोही हुन्न ।।

गाउँमा युवा बस्ने हैन जान्छन् खाडी तिर,
घर छाडी हिड्नेलाई कस्ले गर्छ पीर ।
रेमिटेन्सका वाहक् यिन्को गर्नै हुन्न पीर,
पीर मान्ने आमाबाबु लत्री बस्छन् थिर ।।

उद्योगधन्दा धेरै थिए नेपालका छत्र,
नेपालीले गर्थे काम आफ्नै देश भित्र ।
समृध्दिको बिहानीले हेर्दै थियो तर,
धमिराको उदय सङ्गै हटे रोजगार। ।

सारै बाठा नेपालका नेतागण हाम्रा,
भाषण मात्र गर्ने हैनन् गर्छन् कुरा राम्रा ।
प्रजातन्त्र अफाप पार्न तोड्ने गर्छन् खोर,
आफै झाँक्री आफै बोक्सी छैन केही डर ।।

समृध्दिका कुरा गर्दा जन्ता भन्थे जय,
बाचा पूरा गर्नलाई यिनलाई केको भय ।
बाचा पूरा गरिहाले पुग्यो सोंच मन्कै,
समृध्दिको शिखर चुमे शाखाशन्तान् यिन्कै ।।

कहिलेकाहीँ जन्मठाउँ गाउँघर डुल्छन्,
खादा माला लाउँदै हिड्छन् झोँजा पनि खान्छन् ।
जस्ले जेजे भन्दा पनि बुन्छन् धेरै जाल,
आफ्नै तुम्मा भर्नलाई मान्थे के को जाल ।।

दाजुभाइ नेपालका स्वदेश् छाडी हिन्दा,
रेमिटेन्स खानेहरू गर्थे के को चिन्ता ।
चुनाब जति आयो उति भ्रष्टलाई चैन,
सिधासाधा नेपालीको सुधार आउने हैन ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP