अर्घाखाँची,फागुन १९-
अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचन मतपेटीका लगायतका सम्पुर्ण सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेका छन् । निर्वाचन सम्पन्न गर्नको लागि कुल १२ सय ६२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो । मौन अवधिको समयमा हुनसक्ने आचारसंहिता उल्लग्नका घटनालाई कम गर्न सुक्ष्म अनुसन्धान गरीएको पाण्डेले बताउनुभयो । मंगलवार रिपोटर्स क्लव नेपाल लुम्विनी प्रदेशद्धारा सन्धिखर्कमा आयोजित निर्वाचन बिशेष साक्षात्कार कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असहाय तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्नुभयो । निर्वाचनका लागि सबै निकायको पूर्ण तयारी रहेको जानकारी दिनुभयो ।
निर्वाचन मतपेटीका लगायतका सम्पुर्ण सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो । २ सय ११ मतदान केन्द्रमा सामग्री पुगीसकेको छ । मतदान केन्द्र मध्ये स्थायि १ सय ९ र २ अस्थायी रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । अस्थायी मतदान केन्द्रमा समानुपातीक मतदान हुने छ । मतदान केन्द्रको अबस्था हेरेर सुरक्षा व्यबस्था पुर्ण गरीएकाले भयरहित र निस्पक्ष निर्वाचन गराउन कुनै कसर बाकी नराखिएकोले निर्धक्क भएर मतदानमा सरीक हुन सबैलाई आग्रह गर्नुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको सुरक्षा अवस्था बुझन अधिकांश ठाँउमा आफुहरु पुगिसकेकाले सुरक्षाको लागि कुनै समस्या नरहेको र मतदाताले ढुक्कका साथ मतदानमा सरीक भई आफ्नो मतको प्रयोग ढुक्कसंग गर्न सक्नेछन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तथा निर्वाचन प्रहरी परिचालन गरिएको छ । जिल्लामा १ लाख ७१ हजार ६सय ५२ मतदाता संख्या रहेको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयको प्रमुख बुद्ध प्रकास पौडेल, सेनानी रीक्की पाण्डे राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख विनय चर्तुबेदी,शसस्त्र प्रहरी प्रमुख योगराज दाहाल, , जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसी, सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईलगायत जिल्लास्थित सुरक्षानिकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालको स्वागत मन्तव्य र नवीन केसीको सञ्चालनमा सम्पन्न भएको हो । ‘शान्त, स्वच्छ र निष्पक्ष निर्वाचन’को सन्देशसहित आयोजित उक्त साक्षात्कार कार्यक्रमले निर्वाचन तयारीबारे जनस्तरमा स्पष्ट सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।





