श्याम घिमिरे फागुन २३ अर्घाखाँची — अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल विजयी भएका छन् । एमालेका पीताम्बर भुसाललाई १२ हजार ३७४ मतले पराजित गर्दै भुसाल निर्वाचित भएका हुन् । भुसालले ३५ हजार २३ र पीताम्बर भुसालले २२ हजार ६४९ मत प्राप्त गरेका छन् । अर्घाखाँचीमा १२ राजनैतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरि १५ जना चुनावी मैदानमा थिए ।
काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १८ हजार ९८३ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका राम बहादुर चौहानले ३ हजार ८४७ र राष्ट्रिय जनमोर्चाका पशुपतिनाथ ढकालले १ हजार ८०९ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका खिमबहादुर घर्ती मगरले ४५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका झविन्द्र फुल्लेलले २४४, मंगोल नेशनल अर्गनाइजेशन सुर्य बहादुर गुरुङ ४०,आम जनता पार्टी दुर्ग बहादुर भाट क्षेत्री ४४, जनता समाजवादी पार्टीका टुक बहादुर चेवाली ४०,नेशनल रिपब्लिक नेपालका विष्णु बहादुर गाहा ९४, र स्वतन्त्र उमेदवार रवि शाह २२, हिमाल भुसाल २१ र पम्फा श्रेष्ठले ३ मत प्राप्त गरेका छन । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी बाट उमेदवारी फिर्ता लिएका पुष्कर नाथ आचार्यले २८ मत प्राप्त गरेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ लाख ७१ हजार १७६ मतदाता रहेका थिए । तीमध्ये ८६ हजार ३०६ मत खसेका थिए । खसेका मतमध्ये ८३ हजार ३०६ मत सदर भएका छन् भने ३ हजार २२० मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो ।








