Trend

श्याम घिमिरे चैत ६ अर्घाखाँची –
राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय तह, सरकारी कार्यालय, निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले राष्ट्रिय आर्थिक गणना २०८२ लाई सफल बनाउन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले यथार्थपरक तथ्यांक संकलनमार्फत जिल्लाको समग्र आर्थिक अवस्था पहिचान गर्न मद्दत पुग्ने बताउँदै विकास योजना निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त पनि गर्नुभयो ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले यथार्थपरक तथ्यांक, विकास योजना र नीति निर्माणका लागि महत्वपूर्ण हुने भन्दै सत्य तथ्य तथ्यांक उपलब्ध गराउन सबैलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा आर्थीक गणना कार्यालय अर्घाखाँचीका प्रमुख बाबुराम न्यौपानेले आर्थिक गणनाको महत्व, कार्यान्वयन प्रक्रिया तथा अपेक्षित उपलब्धिको बारेमा सहजीकरण गर्नुभएको थियो । न्यौपानेले आर्थीक गणना सफल कार्यान्वयनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले प्रभावकारी सूचना प्रवाह र जनविश्वास बढाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षता र आर्थिक गणना कार्यालयका सहायक आर्थिक गणना अधिकारी दिलिप केसिको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक गणनाको महत्व, तथ्यांक संकलन प्रक्रिया र यसको उपयोगिताबारे छलफल गरिएको थियो । कार्यालयले २०८३ को असार मसन्ता सम्म कामगर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले सन्धिखर्क नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न

अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष रायमाझीको स्वागत तथा पदभार ग्रहण, निवर्तमान अध्यक्ष मिश्र सम्मानित


TOP