शनिबार २३ जेठ २०८३

श्याम घिमिरे,अर्घाखाँची, जेठ २२ –

ग्लोबल आइएमई बैंक लिमिटेड अर्घाखाँची शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दुई विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको शिक्षामा सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ बैंकले सन्धिखर्क नगरपालिका–४ स्थित श्री टुनिपोखरा आधारभूत विद्यालय, टुनिपोखरा तथा श्री सरस्वती आधारभूत विद्यालय, नाङ्गेठाटीमा अध्ययनरत करिब १२० जना विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको बैंकमा शाखा प्रवन्धक प्रल्लाद न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैंकले यस्ता सामाजिक तथा शैक्षिक गतिविधिमार्फत समुदायको विकासमा निरन्तर योगदान पु¥याउँदै आएको जनाएको छ । विद्यालयका प्रतिनिधिहरूले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको अध्ययन तथा अतिरिक्त क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन ।


Last Updated on: June 6th, 2026 at 7:40 am
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया