
श्याम घिमिरे , अर्घाखाँची, साउन १३ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशले अर्घाखाँची जिल्ला समितिको कार्यविभाजन गरेको छ। प्रदेशबाट प्राप्त सुझावसहितको सिफारिसका आधारमा जिल्ला समितिको इन्चार्ज, सह–इन्चार्ज, संयोजक तथा सह–संयोजकको जिम्मेवारी निर्धारण गरिएको हो ।
पार्टीको केन्द्रीय कार्यालयबाट साउन १२ गते जारी गरिएको पत्रअनुसार अर्घाखाँची जिल्लामा ठाकुर कुमार विकलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसैगरी छमा कुमारी खनाल, नारायण शर्मा, राजेन्द्र भुसाल र सुशील भट्टराईलाई सह–इन्चार्ज तोकिएको छ । यस्तै, राम बहादुर चौहानलाई जिल्ला संयोजक तथा कृष्ण सारुलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालको हस्ताक्षर रहेको उक्त पत्रमा तोकिएको कार्यविभाजनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिइएको छ।