बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे,
फागुन ११ अर्घाखाँची-

देउराली यातायात अर्घाखाँची प्रा.लि.ले निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । यहि फागुन १३ गते सनिवार सन्धिखर्कको गुन्टेखोलामा रहेको यातायात प्रालिको कार्यालयमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको यातायात प्रा.लि.ले बिहीबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्वास्थ्य शिविरमा फिजिसियन बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा, स्त्री तथा प्रस्तुती रोग बिशेषज्ञ सेवा, नाक, कान, घाँटी, रोग बिशेषज्ञ सेवा, सर्जरी सेवा, मुत्र रोग बिशेषज्ञ सेवा लगायतका विशेषज्ञ सेवा प्रदान गरीने प्रालिका अध्यक्ष गोविन्द बन्जाडेले जानाकारी दिनुभयो । जनताको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सेवालई आम जनतासामु पु¥याउनको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बन्जाडेले बताउनुभयो । पैसाकै कारण स्वास्थ्य चेकजाँच गर्न नपाएका विपन्न वर्गको लागि शिविरले ठुलो सहयोग गर्ने बन्जाडेको भनाई छ ।

बन्जाडेले टाढाबाट शिबिरमा आउनको लागि यातायात खर्च नभएर आउन नसक्ने अवस्था भएका बिरामीहरुलाई व्यक्तिगत तथा संस्थागत खर्च गरेर भएपनि ल्याउने बताउनुभयो । मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोग र देउराली यातयात अर्घाखाँचीको आयोजनामा हुन लागेको शिविर सनिवार बिहान ८ बजेदेखि सञ्चालन हुने जनाईएको छ ।

पत्रकार सम्मेलनमा प्रालिका निबर्तमान अध्यक्ष योगेन्द्र खड्का,उपाध्यक्ष भेषबहादुर बिसी,कोषाध्यक्ष नारायण खड्का सहित सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।


Last Updated on: August 24th, 2024 at 4:04 am
३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया