Trend

के पी भुसाल ‘अजस ’

श्रमको मूल्य हो पैसा,जगत् सारा चलाउछ,
बस्तुको विनिमय् मोल, यस्ले छिटो गराउछ,

धन मात्र सधै ठूलो, मानिदैन सनातन ,
सबै थोक यसै बाट पूरा हुन्नन् कदाचन,

तृष्णा बढ्छ झनै हेर, धेरै धन भयो भनि,
खाँचो टार्न सधै पैसा,नभै हुन्न जहाँ पनि,

पाइन्छ किन्नता सधै,चौरासी पनि ब्यञ्जन,
पाइन्न भोक ता हेर , खर्च गर्दा कदाचन,

गद्दा मिल्छ टक्का भए, मिल्दैन निदरी कवै,
मोजमा मिलने साथी, हुदैन दुखमा सबै,

दिन्छ सान कतै अर्थ,सक्दैन मान किन्नता,
धनले ओखती मिल्छ,मिल्दैन आयु अङ्गता,

कापी मिल्छ रुपैयाँमा,मिल्छ गीता किताव् पनि,
सकिन्न सिर्जना किन्न, मिल्दैन ज्ञान नै भनि,

पैसाको भरमा मिल्ने, जीवन् साथी तथा मन,
दिदैनन् दुखमा साथ, दौडन्छन् छ जता धन,

पैसाकै बलमा हेर, भेटिन्छन् मूर्ति मन्दिर,
आत्मज्ञान नभै हुन्न,पाउन सत ईश्वर ,

कलिको बास हो पैसा,अहङ्कार बढाउछ,
धन दौलत् भए धेरै,यस्ले देह सुकाउछ ।।।

प्रकाशन मिति :२०७९ चैत ७

 

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP