सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
चैत २१ सन्धिखर्क-

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले अपाङ्गलाइ देखाएर सपाङ्गले अपाङ्गको हक अधिकार दुरुपयोग गर्न नहुने बताउनुभएको छ । सृजनशिल अपाङ्गता सरोकार केन्द्र अर्घाखाँचीको आयोजना र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा मंगलवार सन्धिखर्कमा सम्पन्न अपाङ्गता भएका व्यक्तिहरूकालागि पहुँचयुक्त भौतिक संरचना निर्माण सम्बन्धी सरोकारवाला निकायहरूसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताउनु भएको हो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा सुबिधा र अधिकारलाई अरु कसैलेपनि दुरुपयोग गर्न नहुने भन्दै, राज्यले सबै खाले अपाङ्गहरुको सिप र क्षमतालाई कदर गरी देश बिकासमा जोडदिनुपर्ने बताउनु भयो । कोइरालाले आफुहरु अपाङ्गताभएका व्यक्तिहरुसंग हालेमालो गरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सृजनशिल अपाङ्गता सरोकार केन्द्र अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता, दिपक पोख्रेलको स्वागत मनतब्य र नारायण खनालको सञ्चालनमा सम्पन्न कार्यक्रमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,राष्ट्रिय अपाङ्ग महासंघका पुर्ब केन्द्रीय अध्यक्ष डा. विरेन्द्रराज पोख्रेल, प्रदेश अध्यक्ष हुमनाथ अधिकारी , गैर सरकारी संस्था महासंघका ठाकुर अधिकारी,निर्मल नवज्योति सुस्तमनस्थिति बिद्यालयका प्रअ कमला भुसाल पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मनतब्य राख्दै हरेक निकायमा अब बन्ने भौतिक संरचनाहरु पुर्णरुपमा अपाङ्गमैत्रि हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अपाङ्गको क्षेत्रमा कामगर्ने तथा अन्य संघसंस्थामा कामगर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा सृजनशिल अपाङ्गता सरोकार केन्द्र अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डेले संस्थाले जिल्लामा हालसम्म गरेका कार्यहरुको बारेमा संक्षिप्त रुपमा जानकारी गराउनुभएको थियो ।

 


Last Updated on: August 24th, 2024 at 4:57 am
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया