Trend

के पी भुसाल ‘अजस’

लाग्दछ मायाँ मलाई,मेरै लेक बेशीको,
बिहान हेर्छु पाखामा, झुल्के घाम परेको,
उक्काली हिड्दा थाकेर,चौपारीमा बसेको,
सक्दिन मैले विर्सन,चिसो हावा लिएको ।

हेर्दछु मैले सुनौला, हिउँचुलीका शिखर ,
दक्षिण हेर्दा देखिन्छ, अनाजको भण्डार,
झरना सङ्गै ओराली, झर्दै गीत गाएको,
सक्दिन मैले विर्सन, मिठो पानी पिएको ।

हितका साथी भुल्दिन,जन्म थलो छोड्दिन,
घनिष्ट सँगी भुलेर, नौलो प्रीति गाँस्दिन,
तिर्नु छ रिन मलाई , सच्चा आफ्नै कमाइ ,
कसोरी बस्नु म अब, यस्तै अन्त रमाइ ।

विहानी पख डालीमा, चिबे चरी बासेर,
डाक्द छ दिन सुनौंलो,उठ्छन् सारा हाँसेर,
फुल्दछ लालीगुराँस, राष्ट्रियता झल्काइ,
कसोरी छाड्नु यो माटो, भित्रीमन दुखााइ ।

माटोमा यहीँ उब्जेको, ताजा खाँना रसिलो,
पाइन्न यस्तो खोजेर , मिठो शुद्ध पोसिलो ,
पौरखी हात यी मेरा, यै माटोमा खेलाइ,
इच्छा छ साधा जिन्दगी ,बाँच्ने रम्ने मलाई ।।

प्रकाशन मिति : २०८० जेठ १९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP