Trend

असोज २१,
दश बुँदे घोषणा पत्र सार्वजनिक गदै पाणिनि गाउँपालिकामा प्रथम जिल्ला मिडिया सम्मेलन सम्पन्न भएको छ । पाणिनि पत्रकार समाज नेपालको आयोजनामा सुक्रवार र सनिवार भएको सम्मेलनले पत्रकारको क्षमता अभिवृद्वी संगै मिडिया सञ्चालन र प्रबद्र्धनमा सहकार्य र समन्य गर्न माग गरेको छ । सम्मेलनले लोककल्याणकारी बिज्ञापनको समानुपातीक बितरण , एजेन्सिहरुको उचित नियमन गर्दै मिडिया हाउस र श्रमजिवी पत्रकारहरुको सहज जीवन यापनको माग पनि गरेको छ ।


यस्तै मिडियाको आम्दानीको विस्तार गर्न स्थानीय,प्रदेश र संघ सरकारसंग माग पनि गरेको छ । जिल्लाका पर्यटकीय स्थलहरुको विकास र प्रबद्र्धन गर्न हातेमाले गर्ने, समानुपातिक तरीकाले विज्ञापन वितरण, पत्रकारिताको माध्यमबाट जनतालाई सुसुचित गराउदै समग्र जिल्ला र देशको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने मिडिया हाउसहरुको अवस्था धरासायी हुँदै जानु , केही सिमित ब्यक्ती र एजेन्सिहरु मात्र मोटाउने अवस्था आएकोमा सम्मेलनले आपत्ति जनाएको छ् । घोषण समितिका संयोजक श्याम घिमिरेले जानकारी दिनुभएको छ । यस अघि सुक्रवार सम्मेलनको लुम्बिनि प्रदेशका भौतीक पुर्बाधार मन्त्री धर्म बहादुर चौधरीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP