आइतबार २० बैशाख २०८३

कात्तिक १४, नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । निगमले आज  राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको हाे । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको दाबी छ ।


Last Updated on: August 24th, 2024 at 4:20 am
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया