सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
पौष ५ अर्घाखाँची

जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आज (बिहिवार) सन्धिखर्कमा सम्पन्न भएको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजना तथा जनज्योति माध्यमिक बिद्यालय सन्धिखर्कको व्यवस्थापन र शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीको संयोजनमा सम्पन्न कार्यक्रममा जलवायु परिवर्तन,यसको असर र यसबाट बच्ने उपायहरुको बारेमा प्रकाश पारीएको थियो ।

कार्यक्रममा नास्टका बिज्ञान संकाय प्रमुख निशा श्रेष्ठ, जलबायु सचेतना केन्द्रका प्रमुख डा.बिमला देवकोटा, नास्टका बरिष्ट बैज्ञानिक पवन कुमार न्यौपाने र बरिष्ट बैज्ञानिक अधिकृत अग्नी ढकाल लगायतले मनतव्य राख्दै जलवायु परिवर्तन संगै यसबाट बच्न सबैको उत्तीकै सक्रियता हुनपर्नेमा जोड दिनु भयो । उहाँहरुले शिक्षा संगै जलवायु परिवर्तन सम्बन्धी सचेतना मूलक कार्यहरुगर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली,ज्ञानप्रकाश माबि सल्लीकोटका प्रधानाध्यापक सुर्य बहादुर खनाल लगायले शुभकामना मनतब्य राख्दै जलवायु परिवर्तन सम्बन्धी सचेतना मूलक कार्यक्रमले जलवायु परिवर्तनको क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रम जनज्योति माबिका प्राचार्य माधव प्रसाद आचार्यको अध्यक्षता, शिक्षक तेजुराम पराजुलीको स्वागत मनतब्य र नन्दराम भट्टराइको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबिच जलवायु परिवर्तन सचेतना कार्यक्रम अन्तर्गत आजै हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीकामा रहेका दशवटा सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ज्ञानप्रकाश माबि डिभर्ना प्रथम, जनज्योति माबि चुत्राबेसी द्धतिय र युवाबर्ष रबिचित्र माबि हटारीनेटाले तृतिय स्थान प्राप्त गरेकाछन । बिजेता टिमलाई क्रमश : १३ हजार,११ हजार र ९ हजार नगद सहित प्रमाणपत्र प्रदान गरीएको थियो ।

 


Last Updated on: December 21st, 2023 at 1:41 pm
२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया