बिहिबार ०७ साउन २०८३

केपी भुसाल ‘अजस ’

प्राचिन समयमा कुनै क्षेत्रमा एउटा राजाले शासन गर्दथे। उनका राज्यमा शासनपध्दति र जनताको जीवनस्तर राम्रो थियो । तर अचानक उनका छोराको मृत्यु भयो। पुत्र बियोगलाई रानीले सहज रूपमा लिन सकिनन् । राजाले पनि आफ्नो छोरालाई पुनर्जीवित गराइ रानीलाई सान्त्वना दिने उदेश्यले वैदिक तन्त्रद्वारा बचाउने सोच बनाएछन् । तव राजाले उनको राज्यमा भएका सबै ठुला पण्डितलाई बोलाएर मन्त्र द्वारा राजकुमारलाई बचाउने जिम्मा दिएछन् ।

ब्राह्मण हरूका मन्त्रका प्रभावले देवदुत प्रकट हुनुभएछ। देवदुतले राजारानीको इरादा केहो भनेर सोध्नु भएछ। राजारानीले पनि मृत्यु बरण गरेका राजकुमारलाई बचाइदिन विन्ति गरेछन् ’हे राजन ! योकुरामा जिद्दी गर्नु ब्यर्थहो, जन्म र मृत्यु भनेकोता प्रार्ब्धको कुराहो अब सन्देह गर्नु हुदैन’ भन्दै नाना प्रकारले देवदुतले राजारानीलाई समझाउनु भएछ । तर रानीको जिद्दीलाई मत्थर गर्न नसकेपछि देवदुतले अन्त्यमा भन्नु भएछ’ उसोभए तपाइ हरूले एउटा काम गर्न सक्नु भयो भने राजकुमार जीवित हुन सक्नुहुने छ ।

तपाइहरूको राज्यमा रहेका मानिसहरू मध्ये एकजनालाई राजकुमारको सट्टामा स्वर्ग पठाउनु पर्ने हुन्छ, एकजना स्वर्ग जान इच्छुक मानिस खोजेर ल्याउनुहोस’ देवदुतका यस्ता कुरा सुनेपछि राजारानी सारै खुसी भएर आफ्ना भारदारलाई बोलाएर तुरुन्तै एकजना हाम्रा राज्य भित्रको स्वर्गजान इच्छुक मानिस चौबीस घण्टा भित्र खोजेर ल्याउनु भनि आदेश दिएछन् । राजाको आदेश अनुसार भारदारपनि त्यस्तै मान्छेको खोजीमा हिडेछन । उनीहरूले खोज्दै गर्दा शहरको बिच गल्लीमा मानसिक सन्तुलन ठीक नभएको एउटा भिखारी भेटेछन । उसलेपनि भारदारले भनेकाकुरामा समर्थन जनाएछ।

तब त्येसैलाई लगेर भारदारले राजाका हजुरमा पेश गरेछन।देवदुतले भिकारीको शरीरमा रहेको प्राणलाई राजकुमारको शरीरा प्रवेश गराउनु भएछ ।तब राजकुमार आँखा मिच्दै उठेछन दरवारमा खुसीको सिमारहेन, सबैले धुमधामले खुसी मनाए । भिखारीको शरीरलाई केहीदिन सुरक्षित राख्नुपर्ने सल्लाह दिएर देवदुत अलापिनु भएछ । तर अपसोस पुनर्जीवित राजकुमारलाई राजप्रासादको सुखसयल अयस आराम कुनै चिजको प्रभा थिएन, मोजमस्तीको नामनिसाना थानै थिएन।

भिखारीको प्राणधारी राजकुमारको शरीरले खाली गल्ली गल्लीमा डुल्ने फोहर बटुल्ने मागेर खाने आफ्नो पुरानै शैली स्वभाव देखाउन थाल्या । छोराले यस्तो गर्दैगर्दा राजारानी झनबढी तनावमा परे। अनि निरास भएर पुनः राजाले देवदुतलाइ पुकारेछन् । देवदुत पुनः प्रकट भएर राजालाई सोध्नु भएछ’अव मैले के गरौ ? ’ अनि राजाको इच्छा अनुसार देवदुतले राजकुमारको शरीरमा रहेको भिखारीको प्राणलाई भिखारीकै शरीरमा फिर्ता गरिदिनु भएछ । राजारानीले पनि राजकुमारको काजकिरिया गरेर परारब्धलाई स्वीकारेर मन बुझाएछन । यो कथा पढ्नेलाई सुनको माला, लेख्नेलाई फूलको माला, यसबाट केही शिक्षा मिल्ने जस्तो लागे कमेन्टमा लेख्नु होला ।


Last Updated on: December 29th, 2023 at 4:01 am
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया