Trend
बिहिबार , फागुण २८, २०८२

के पी भुसाल ’अजस ’
(१)
शहीदको यादमा कसरी म लेखुँ,
छ तिब्र इच्छा सहजै म पोखुँ,
के बोल्नु भन्दै मन खिन्न ठान्दा,
लेख्नु उचित हो मन थाम्नु भन्दा ।
(२)
थिएन केही घरमा कमाइ ,
समृध्दि खोज्थे घरको बसाइ,
सोंचेर राम्रा सपना अनेक,
खोज्थे कठै ती सतकाम् विवेक ।
(३)
भेटाइ केही मनका निकास ,
लागे सुकर्मी महती प्रदेश,
छाडे खुसीमा घरको बसाइँ ,
दिनेछ भन्दै सरकार् बिदाइ ।
(४)
यी हात हाम्रा फितला नठान,
गरेर खाँने क्षमता छ जान,
केही छ काँडा पथका हटाउ,
विदेश जान्छौ यतिता सघाउ ।
(५)
कमाइ गर्छौं पसिना बगाइ,
बुझाइ केह्री कर राज्य लाइ,
टर्नेछ संकट् छ यही पुकार,
हुनेछ हाम्रो घरको सुधार ।
(६)
विन्ती विछाए गरदै सुसार,
गर्थे विलौना मनका हजार,
भएन केही सुनवाइ हेर,
गए विचारा अनमोल खेर ।
(७)
रिसाइ गोली निठुरी चलाए,
ताकेर छाती कसरी ढलाए,
मारेर आफ्नै घर भित्र भाइ,
बाँच्ने कसोरी भन धुर्त दाइ ।
(८)
नेपाल हाम्रो छ सधै कमान,
ज्ञानी छ जन्ताा किनभो अमान,
लुटेर खाँदै पसिना अधर्मी,
शहीद बनायौ किन ती सुकर्मी ।।

प्रकाशन मिति :२०८० पुष २२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP