शनिबार १३ आषाढ २०८३

श्याम घिमिरे
माघ २३ अर्घाखाँची
अर्घाखाँची अस्पताल लुम्बिनि प्रदेशमै तेस्रो स्थानमा परेको छ । प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड ( एम.एस.एस ) मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची अस्पताल ९० प्रतिशत अंक सहित लुम्बिनी प्रदेशमै तेस्रो स्थानमा परेको हो । अस्पतालमा सोमवार आयोजित अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा स्वास्थ्य मन्त्रालयको अनुगमन मुल्यांकन र समिक्षाबाट अर्घाखाँची अस्पताल लुम्बिनि प्रदेशमा तेस्रो भएको एम.एस.एस रिसर्च प्रसन तथा तम्घास अस्पताल गुल्मीका मेडिकल सुपरिटेन्डेन्ट डा.किसोर बन्जाडेले जानकारी दिनुभयो । डा. बन्जाडेले अस्पतालको राम्रो पक्ष संगै आगामी दिनमा गर्नुपर्ने कामको बारेमा प्रष्ट पार्नुभएको थियो ।

मुल्यांकनमा फोहोर व्यवस्थापन लगायत अस्पतालका १७ वटा इन्डिकेटर मध्ये प्रायः सबै इन्डिकेटर सन्तोषजनक रहेको जनाइएको छ । अस्पतालको भौतिक संरचना सम्पन्न नहुँदा अझ प्रयाप्त अंक ल्याउन नसक्नुमा,सुबिधा सम्पन्न अस्पताल भवन र दरबन्दी अनुसारको डाक्टर कर्मचारीहरूको अभाव लगायतका समस्या रहेको अनुगमन तथा मुल्यांकन समितिले जनाएको छ । १५ शैयाको स्वीकृत अस्पताल सञ्चालनमा भएपनि हाल ६१ वटा बेडको व्यवस्थापन, २ जना एम.डि.जि.पि डाक्टर,स्थायी, करार तथा ज्यालादारी गरीकुल ९६ जना कर्मचारीहरुको सेवामा अस्पताल सञ्चालन भइरहेको छ ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले अस्पतालका न्युनतम मापदण्ड पुरा गरि प्रदेशमै तेस्रो स्थान प्राप्त गर्न सफल भएकोमा अस्पताल टिमलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले प्रदेश सरकारलाई दरबन्दी पूरा गर्न आग्रह गर्दै ,भवन , बिशेषज्ञ सेवा र ब्लड बैकको स्थापनामा सरोकारवाला लाग्नु पर्नेमा जोड दिनुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, अस्पताल नर्सिङ अधिकृत सुनिता आचार्यको स्वागत मन्तव्य र अस्पताल व्यवस्थापक शिव बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अर्घाखाँची अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले अस्पतालको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली , जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दुर्गा न्यौपाने , जनस्वास्थ्य अधिकृत अस्मिता नेपाल , एम.एस.एस अधिकृत सन्देश पौडेल, एन.एस.आइ.कार्यक्रम अधिकृत सुरज श्रेष्ठ, एमडिजिपि.डा.अशोक शाह, अस्पताल व्यवस्थापन समिति सदस्य मेनुका पौडेल, अस्पताल व्यवस्थापन सुदृढीकरण समिति सदस्य अनिता भुसाल सहित अस्पतालमा कार्यरत डाक्टर ,नर्स लगायतको सहभागीता रहेको थियो ।

यसैबिच अस्पताललाई लुम्बिनि प्रदेशमा प्रथम र देशभरबाट तेस्रो स्थानमा पुर्याउन अहोरात्र खटी सहयोग गर्ने अस्पतालका सम्पुर्ण चिकित्सक सहित सबै युनिटका स्टाप,स्वास्थ्यकर्मी , अस्पताल बिकास समितिका पुर्ब पदाधीकारी, बर्तमान पदाधीकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीले आभार प्रकट गर्दे आगामी दिनहरुमापनि सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय पचास शैयाबाट बिरामीलाइ सेवा दिदै आईरहेको अस्पतालले बिरामीलाई जिल्ला बाहीर जानुपर्ने बाध्यतालाइ अत्य गर्नको लागि थप सेवा सहित भौतिक विस्तार गरे जिल्लामै गुणस्तरीय उपचार हुनेमा जिल्ला बासीहरु आशाबादी बनेका छन ।


Last Updated on: February 6th, 2024 at 5:25 am
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया