शुक्रबार ०५ आषाढ २०८३

श्याम घिमिरे,
माघ २७ सन्धिखर्क
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीको संयुक्त बैठक (बिस्तारीत मञ्च) सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सहकारी संचालक समितिका पदाधिकारी सहित विभिन्न उपसमितिका सदस्यहरूको उपस्थिति रहेको बैठकमा संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेले आ.व.२०८०/०८१ को पुष मसान्तसम्म सम्पन्न भएका कार्यक्रमसंगै १२ औं वार्षिक साधारण सभामा पारित कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमहरु तथा कार्यान्वयनको लागी जिम्मेवारी र संस्थाका व्यवस्थापक तुल्सी खनालले २०८० पष मसान्तसम्मको वित्तिय विवरण र अबस्थाको बारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुबाट आएका बिभिन्न राय सुझावहरुलाई व्यापक रुपमा छलफल गर्दे संस्थाको साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयन गर्ने कुरामा छलफल भएको संस्थाका व्यवस्थापक खनालले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिव नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबिच बैठकले नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको स्वर्ण महोत्सबको अबसरमा यहि माघ २८ गते सन्धिखर्कमा हुने बृहत रक्तदान कार्यक्रममा सहभागी पठाउने निर्णय गर्र्देे रक्तदान जस्तो पुण्य कार्यमा सहभागीहुन सबैलाइ आब्हान समेत गरेको छ ।


Last Updated on: February 10th, 2024 at 11:04 am
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया