शुक्रबार ०५ आषाढ २०८३

श्याम घिमिरे,
फागुन ७ अर्घाखाँची,
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एनप्याब्सन अर्घाखाँचीले आधारभुत तह (१–५) स्तरिय हाजिरी जबाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । सन्धिखर्कमा रहेको सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलमा सम्पन्न हाजिरी जबाफ प्रतियोगितामा ग्लोरियर्स इङ्गलिस बोर्डिङ स्कुल भुमिकास्थान ६ प्रथम, ब्रिल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल मालारानी ३ द्धतिय, अर्घाखाँची व्राइड फ्यूचर इङ्गलिस बोर्डिङ स्कुल भुमिकास्थान ३ तृतिय र सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क २ ले सान्त्वना स्थान प्राप्त गरेको छ ।

यस्तै चित्रकला प्रतियोगितामा सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुल प्रथम, ग्लोरियर्स इङ्गलिस बोर्डिङ स्कुल द्धतिय, ब्रिल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल तृतिय र अर्घाखाँची व्राइड फ्यूचर इङ्गलिस बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।

यस अघि कार्यक्रमको शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले पानसमा दिप प्रज्वलनगरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे पराजुलीले प्रजातन्त्र दिवसमा सरकारले सार्वजनिक विदा दिएपनि धेरै जसो सामुदायिक विद्यालयले कार्यक्रम गरेको नपाईएको भन्दै यसलाई सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पराजुलीले बिकास भनेको बाटो खन्ने काम मात्र नभएकोले शिक्षानै बिकासको पहिलो मेरुदण्ड भएको भन्दै शिक्षा क्षेत्रको बिकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

एनप्याव्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता, कोषाध्यक्ष कृष्ण बेल्वासेको स्वागत मनतब्य र सचिब नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एनप्याव्सनका संस्थापक जिल्ला अध्यक्ष तथा सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टेकबहादुर थापा,लुम्बिनी प्रदेश सदस्य विष्णु शर्मा, सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसाल, पत्रकार श्याम घिमिरेलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिभिन्न प्रतियोगिता आयोजना गरिएको सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक बिशाल खनालले बताउनुभयो । प्रतियोगितामा ८ वटा बोर्डिङ स्कुलहरुको सहभागिता रहेको थियो ।

 


Last Updated on: February 19th, 2024 at 2:40 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया