शुक्रबार ०५ आषाढ २०८३

श्याम घिमिरे,
फागुन २१ अर्घाखाँची

सेभ द चिल्ड्रेन ग्लोबल फण्डको सहयोगमा अर्घाखाँचीमा बिगत चार बर्षदेखि एच.आई.भि तथा टि.भि रोग रोकथाम र सचेतना सम्बन्धी काम गर्दे आईरहेको मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा सोमवार सन्धिखर्कमा सरोकारवालाहरुसंग समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जिल्लामा संस्थाको खटनपटन राम्रो रहेको भन्दै संस्थाले गरेको कामको प्रसंशा गर्नुभयो । कोइरालाले कार्यक्रमको निरन्तरता संगै पूर्वाधारको क्षेत्रलाईपनि संगै जोडेर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिब नेपालीको अध्यक्षता र मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रका कार्यकारी निर्देशक बिजय कुमार श्रेष्ठको स्वागत मनतब्य र गिता भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा एचआईभि पोजेटिभ भएका व्यक्तिहरुको अबस्था,एआरटी औषधि प्रयोग लगायत एचआईभि संग सम्बन्धित बिविध बिषयहरुमा छलफल समेत भएको थियो ।

कार्यक्रममा मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रकी अर्घाखाँची जिल्ला कार्यक्रम अधिकृत गिता भुसालले संस्थाले जिल्लामा हालसम्म गरेको कार्यप्रगति,उपलब्धि, भाबि योजना, र चुनौति लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।

स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकिय अधिकृत दुर्गा न्यौपाने,सन्धिखर्क नगरपालीका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतले मनतब्य राख्दै संस्था हालसम्म गरेको कामको प्रसंशा गर्नुभयो ।

यसैबिच संस्थाको चारबर्षे अबधिमा अर्घाखाँचीमा १६ जना एचआईभि पोजेटिभ व्यक्तिहरु फाइन आउट भएकोे र १५ जनालाई औषधि सञ्चालन गरिएको अर्घाखाँची जिल्ला कार्यक्रम अधिकृत भुसालले बताउनुभयो । मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रले अर्घाखाँचीमा सन २०२१ देखि काम गर्दे आइरहेको छ ।


Last Updated on: March 4th, 2024 at 3:23 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया