Trend

के पी भुसाल ’अजस’

आमा छ तिम्रो अनमोल शक्ति,
पाउँ सधै धेर अदृश्य शक्ति ।
चाहिन्छ आमा हरकाम शुध्दि
हटाइ अज्ञान सघाउ बुध्दि ।।

संसार सारा बुझि सक्नु छैन,
भन्ने कसोरी भनि साध्य छैन ।
भेटिन्छ सारै सुखमा कृपालु ,
सकिन्न भेट्नै दुखमा दयालु ।।

दया र माया मनभित्र हुन्छ,
जो गर्छ मायाँ मुटु भित्र राख्छ ।
तनाव पीडामा सहयोग दिन्छ,
निस्वार्थ भाव तब नै बुझिन्छ ।।

आमा रहेछौ वसुधा समान,
को बुझ्छ तिम्रो ममता कमान ।
हो शब्द आफै जननी महान,
र हुन्छ औलाद सधै अजान ।।

उन्नति देख्दा सब हाइ भन्छन्,
नाता सुधारेर शुभेच्छु बन्छन् ।
सघाइ धेरै पनि साथ दिन्छन्,
दुखी भएमा तर साथ छोड्छन् ।।

सोध्छन् अरू काम कमाइ भेट्दा,
रुन्छिन् मुमा सन्तति खिन्न देख्दा ।
दुखाइ पीडा मनका बुझेर,
सामर्थ्य दिन्छिन् धरती बनेर ।।

राखेर गर्भाशयमा अपत्य,
लुकाइ सास्ती दुख लाज कष्ट ।
र अङ्ग तोडेर दिएर जन्म,
हुर्काइ दिन्छिन् जननी सुकर्म ।।

माया मिलेमा सहजै अरूको,
पाइन्छ स्वार्थी पनता क्षिपेको ।
उदार देवी जननी तिमीहो,
हुदैन केही सपना लुकेको ।।

प्रकाशन मिति :२०८१ जेठ ११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित


TOP