Trend

                       के पी भुसाल ‘अजस’
(१)
सृष्टिकर्ता महाशक्ति पंचतत्व महावल,
जन्ममृत्यु सदाघुम्छ, हुदैन यसमा भुल,
(२)
धर्तीमा सूर्यको ताप, पाइन्छ सहजै अति,
न भए भानुको ताप, चल्दैन सृष्टिको गति,
(३)
दिवाकर बडादेव, रसा कै प्राण पालक,
रोकिन्न यिनको राप,ब्रमाण्डको महाबल,
(४)
धरतीका सबै प्राणी लिन्छन् ताप बराबर
हुदैन यसमा भेद, गर्छन् न्याय दिवाकर,

प्यारोछ बसुको काख प्यारोछ जन्म यो थल,
प्रिय हुन्छ सधै हेर, माता धर्ती बराबर,
(५)
जीवात्मा सबकै साझा, क्षमाशील हराभरा,
प्यारो छ यिनको काख, माताहुन वसुन्धरा,
(६)
देखिदैन कतै रूप, आकार ता अनिश्चित ,
वायु हो सबको साझा, विभेद छैन किञ्चित् ,
(७)
प्राणीलाई नभैहुन्न, स्वाद रूप यथोचित,
जलहो सबको साझा, कोही हुदैन वञ्चित,
(८)
पृथ्वी वायु तथा आकाश्,तेज र जलको चयन्,
पञ्चतत्त्व सधै वाहक रहेछन् जीवका मिलन् ।।

प्रकाशन मिति : २०८१ साउन २२

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP