Trend

                          के पी भुसाल ‘अजस’

लाखौंलाख अनन्त यो गगनमा,चम्के नि तारा गण,
रात्रौ चन्द्र बिना हुदैन धरती, केही उजेला क्षण ।
दुःखीको सख चाँदनी अजरता,छाड्दैन यस्ले शशि
यस्ता रक्षक देवको पनि सधै,फेरिन्छ दैनिक् गति ।।

औँसीको रजनी खुबै जगतमा, हुङ्कार देखाउछ,
एक्लोहोस् तर पुर्नियाँ सङ भए,भोक् पीर बिर्साउछ ।
जो हेर्छन् भरिलो मुहार जुनको,भेट्छन् खुसीका पल,
रोकिन्छन् क्षणमै सबै नयनका, बग्दै गरेका भल ।।

पन्छीमा पनिता चकोर थरका बाँच्छन् अनौठो गरी,
मेट्छन् भोक पियास यी वनचरी हेरेर रात्को शशि ।
यस्ता देव बडा निशापति सधै फिज्दै सितल् चाँदनी,
घुम्छन् रातभरी सुधा छरकदै प्राणी सुखी हौन् भनी ।।

पाक्षिक् मात्र नहो शशाङ्क नभमा,फिर्ने खुबै रातमा,
देखिन्छन् अझ यी फरक् पनि खुबै नानाथरी रूपमा ।
घुम्दा यी रजनीशले ,पनि कतै भोग्छन् दुखद् का कुरा,
छोएको उपराग कै समयमा, लुक्छन् उजेली पुरा ।।

ज्योतिष् मा पनि सोमका गुणहरू,चर्चा भएको जति,
मानिन्छन् तिथि पक्षनै समयका,होचन्द्रको चाल् गति ।
मान्छेका गुण दोषमा असरता, यिन्कै प्रभाव हो भनी,
गर्छन् पूजनता खुबै जनहरू, हट्नेछ पीडा भनि ।।

प्राणीमा मनु नै महान चरहो, प्रज्ञा विवेक् को धनी,
बन्छन् पीडक ती विषाक्त हृदयका,मान्छे कुकर्मी भनी ।
ज्ञानी सीतल दिन्छ मानव सधै, हाँसेर चन्द्रै सरी,
अज्ञानी जनता हुदैन खुसमा, राख्दैन पेट्मा हरि ।।

प्रकाशन मिति :२०८१ साउन ३२

 

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP