Trend

के पी भुसाल ‘अजस’
नौली बुहारी घरभित्र पस्छिन्,
लज्जालु सारै निहुरेर हिड्छिन् ।
बोली मिजासी अझ मन्द बोल्छिन्,
मान्छे सबैमा प्रियभाव राख्छिन् ।।

ईर्ष्या अहङ्कार, विनाश सोच्दै,
मिथ्या कुरामा अनुराग त्याग्दै ।
चम्केर नौलो रजनिश बन्दै,
मुस्कान छर्छिन् मन धैर्य राख्दै ।।

भोको र प्यासी अनि सन्तलाई,
सत्कार गर्छिन् खुसले खुवाइ ।
बृध्दा र अभ्यागतको खुसीमा,
तैयार गर्छिन् सबथोक घरैमा ।।

उठ्छिन् सबेरै दुलही बिहान,
गर्छिन् सफासुग्घर नित्य काम ।
स्वादिष्ट खाना घरमै पकाइ,
बाँड्छिन् सबैमा अतिनै रमाइ ।।

राख्छिन् खुसी भै पतिको प्रतिष्ठा
देखिन्न केही पतिमा कुचेष्टा ।
सम्मान गर्छन् पतिले अतीव,
मुस्कान भर्छिन् दुलही सदैव ।।

पेशा छदैछन् सजिला दुवैका,
हाँसेर गर्छन् तब काम् अफिस्का ।
धोका दिदैनन् घुसमा खुसुक्क,
गर्छन् सबै काम् सहजै दुरुस्त ।।

नारी सदा हुन् घरकी सुमान्य,
हुन्छन् झमेला घरमा अगन्य ।
सुल्झाइ गर्छिन् सब काम धन्य,
नारी खुसाए तब हुन्छ पुण्य ।।

प्रकाशन मिति :२०८१ असोज २९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP