बुधबार ०६ साउन २०८३

✍️डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची –

मतला सयौँ वेदना छन् यो मनभित्र मेरो
भयो जिन्दगानी सधैँको अँधेरो

म सम्झेर साथी धराधाम माथि
नियालेर बस्दै छु मैले कटेरो

डसी सर्पलेझैँ गरी चाप्लुसी खुद
उनै वैद्य बन्छन् बजाई सपेरो

विवेकी बनेर दिँदाखेरि माया
मलाई तिमीले नभन्नू भँगेरो

बजाएर बाजा समाई तिलानी
कहाँ घुम्न सक्छौ तिमी सात फेरो ।।

प्रकाशन मिति : २०८१ चैत २८

 


Last Updated on: April 17th, 2025 at 3:34 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया