Trend

                                                                                                 तस्वीर : क्यान

चैत ३१, २०८१ आइतबार काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल डीएसएल मेथडका आधारमा विजयी भएको हो ।

यसअघि मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो । केही दिनदेखिको वर्षाका कारण मैदान चिसो भएका कारण ढिलो शुरू भएको खेल ४० ओभरमा झारिएको हो ।

यस्तै अर्काे खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको छ । एशिया छनोटमा नेपाल, यूएईसहित अफगानिस्तान, हङकङ र ओमान सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ । स्राेत : उज्यालाे अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP