Trend

                                                                          निम्बतरु 

उठ्छु सबेरै

गोबरसोत्तर गर्छु आफ्नै

चियाको कुँडो पकाउँछु पिउँछु

कस्तो आश्चर्य ।

रातभर कतै गएर

धुलोमैलो भए झैँ मुख धुन्छु

रातभर चबाएर केही दाँत सिनो भए झैँ

ब्रसले माझ्छु

खाजाका चिसा धर्साहरु जस्तै टिपेर खान्छु

ती सपनाहरु थोपा–थोपा लाग्छन्

काग झैँ फुत्त फुत्त उफ्रेर

बिहानभर बढार्छु चोटा–कोठा र दलान आँगन

लाग्छ रातभरि आफै स्खलित भएथें सूक्ष्म –सूक्ष्म रुपमा

बटवृक्षका पात झैँ

फेरि दिनको बाह्र बज्छ नै बज्छ

ज्यान सुस्त हुन्छ

आफैलाई चउरमा पल्टाउँछु फ्यात्त ।

दिवा–सपना देखिहाल्छु उग्र

ब्युँतन्छु

घामले छोडेर पर पुगेको हुन्छ

छायाले ढाकेको हुन्छ

बाफ रे दिन त ढलेछ

साँझले निल्दैछ पहाडपर्वत

साँझले मलाई ननिल्दै

सानो टुकीको भरमा चुल्हामा पुग्छु

फेरि साँझले मलाई निल्छ मैले उस्लाई

भुसुक्कै निदाएपछि

सपना देख्छु

संसार फरक हुन्छ

यतिबेला घामले घुरेर न्यार न्यार

सपना देख्दैहोला

भोलि त म जान्नँ धरतीतिर

चन्द्रमातिर घुम्न जान्छु

छुट्टी लिन्छु

भोलि बिहान हुन्छ

गोबरसोत्तरमा लाग्छु

हिजैको प्रक्रिया दोहोरिन्छ

इन्द्रेणीका रङहरुबीच झगडा पर्छ

आपसमा घोलिईसकेका रङहरु छुट्टाउन गाह्रो हुन्छ

म पनि उस्तै हालतमा छु

म पनि कता कता घोलिईसकें

एकअर्काबाट भिन्न–भिन्न गर्न गाह्रो छ ।

प्रकाशन मिति : २०८२ बैशाख १७

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP