Trend

डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची –

बहर : सरीअ मुसद्दस मक्सुफ
अर्कान : मुस्तलइलुन् मुस्तफ्इलुन् फऊलुन्
वजन : २२१२ – २२१२ – १२२
काफिया : आयो
रदिफ :0

प्रतिविम्ब मायाले लिएर आयो
सज्दै धरामा राष्ट्रगान गायो

छोपेर पर्दा हातले मसारी
उसले बगलको झ्यालमा सजायो

हाँसेर उसले जाँघवाल भन्दै
हरपल नजरको मोहमा फसायो

छन् भ्रष्ट घाती देशभित्र ठूला
सच बात वैरीले स्वयम् बतायो

भन्थ्यो बनाउँछु देशलाई जसले
उसले मुलुकमा खूब दुःख पायो

प्रकाशन मिति : २०८२ बैशाख २३

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP