Trend

                                                                               के पी भुसाल ’अजस’

नेपाली मुनि नेपाली भूमि विश्वमा महान,
आ है विश्वमा महान,
पूर्खाको गौरव भुलेर आज हुदैछौं अजान ।
आ है हुदैछौं अजान,
मु्ट्ठीभर् जाली मिलेर खाँदै विहाल बनाए,
आ है विहाल बनाए,
यो पुण्यभूमी बन्जर भयो झोलेले सघाए,
आ है झोलेले सघाए ।।

लुटेर खाए पसिना धेँरै नेपाल भूमिको,
आ है यो जन्मभूमिक
भएन कैले निकास केही गरिव दुखीको
आ है गरिव दुखीको ।
ठूला र ठालु पालन सधैँ जन्ताला कहर,
आ है जन्ताला कहर,
ठालुका दाश नमान्ने लाज झोले हुन् जहर,
आ है जन्ताका जहर ।।

उद्योगधन्दा बेचेर खाए, खाँदैछन् नदिनि,
जन्ताले कुरा बुझिनै सके, झोलेहुन् नबुझ्नि ।
राष्ट्रका नायक भएनन् कोही,हुन् सबै दलका,
झोलेहुन् ठूला हलाहल विष,जन्ता र राष्ट्रका ।।

चुनाव आए गाउँघर् डुल्ने,जुका यी खोले हुन्,
घातीका कुरा लिएर डुल्ने अधर्मि झोलेहुन् ।
ढुकुटी लुट्दै बाँडेर खाँने, देशका भमरा,
भमरालाई दिदैछन् बुता,झोले झन् कचरा ।।

झोलेको झोला हुँदैन खाली, हेरेपो थाहुन्छ,
खोलेर हेर्दा विषका पोका, कनिका भेटिन्छ ।
कनिका छर्दै झुपडी पुग्ने, झोलेको जातहो,
विषाक्त चारो टिपेर भुल्ने, त्योराष्ट्र घातीहो ।।

झोलेले बाँड्ने दारु र मासु, भोटको मोलहो,
यसैमा आफ्नो मतनै बेच्नु, महान भुलहो ।
नेपाली हामी वीरका साख, छशान पुर्खाको,
त्यागौंन झोले कल्याण हुन्छ,यो मातृ भूमिको ।।

प्रकाशन मिति : २०८२ असार २३

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP