
श्याम घिमिरे
२०८२ साउन ३० अर्घाखाँची ।
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाज, अर्घाखाँचीको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । समाजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा उपस्थित महिलाहरूले तीजका पारम्परिक गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए । दर खानुका साथै आपसमा भेटघाट, खुसीको साझेदारी र शुभकामना आदान–प्रदान गरेर पर्वको उल्लासपूर्ण वातावरण सृजना गरिएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मालारानी गाउँपालीका वडानं.९ गोखुङ्गाका वडाध्यक्ष महेन्द्रबाबु खनालले हरितालिका तीजले महिलाबीचको आत्मीयता, पारिवारिक एकता र सामाजिक सद्भावलाई मजबुत बनाउने उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूले संस्कृति संरक्षणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । खनालले जन्मथलोबाट बिभिन्न कारणले सहर पसेपनि गाउँघर र जन्मथलोको माया र सम्झनाप्रति समाजले देखाएको भूमिकाले आफु खुसि भएको बताए । खनालले समाजले गर्ने हरेक गतिबिधिमा सक्दो सहयोग गर्ने प्रतिबद्धतापनि व्यक्त गरे ।

कार्यक्रममा समाजले हालसम्म गरेका गतिबिधि,भावी कार्यक्रम तथा योजनाको बारेमा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक श्याम घिमिरेले प्रकास पारेका थिए । समाजका अध्यक्ष टिकामाया शर्मा क्षेत्रीको अध्यक्षता,उपाध्यक्ष तुल्सीराम पन्थीको स्वागत मनतब्य र सचिब बिशाल खनाललको संचालनमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकारद्धय कमल प्रसाद घिमिरे र पदम क्षेत्रीले शुभकामना मनतब्य राखेका थिए ।
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजले यसअघि पनि विभिन्न सामाजिक, सांस्कृतिक र सहयोगमूलक कार्यक्रम गर्दै आएको समाजको कोषाध्यक्ष कमल खनालले बताए । यसपटकको तीज मिलन तथा दर खाने कार्यक्रम समाजका सदस्यबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउन सफल भएको आयोजकले जनाएका छन् । तीज मिलन कार्यक्रममार्फत समाजले सदस्यबीचको आत्मीयता अभिवृद्धि गर्नुका साथै परम्परा र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।