Trend
बिहिबार , फागुण २८, २०८२

 

दुर्गा क्षेत्री

भयो देश खोक्रो हिजोआज हाम्रो
कहाँ हुन्छ नेताहरूको नराम्रो
लडौँ भन्न थाल्दै दिए लाख मन्त्र
पुग्यो मृत्युशय्यातिरै लोकतन्त्र

यहाँ देश बोकेर हिँड्दै छु साथी
तिनैले मलाई भने भन्न घाती
जवानी सकेँ देश सम्झेर मात्र
पुग्यो मृत्युशय्यातिरै लोकतन्त्र

सके कारखाना नदी सक्न थाले
गरी झूट खेती अझै टिक्न थाले
भयो देश मेरो सधैँ यत्रतत्र
पुग्यो मृत्युशय्यातिरै लोकतन्त्र

मिले खान ब्वाँसाहरू भित्रभित्रै
प्रजातन्त्र आयो भयो झन् विचित्रै
बिलो पाउँदैनन् नमिल्दा त नत्र
पुग्यो मृत्युुशय्यातिरै लोकतन्त्र

सहेको छु मैले सधैं चोट मात्र
भयो द्वन्द्व ठूलो तिनै हुन् नि पात्र
सधैँ राज तिन्ले गरे एकछत्र
पुग्यो मृत्युुशय्यातिरै लोकतन्त्र

सके मित्र सुस्ता अझै के सकिन्छ
अझै हेर्न बाँकी छ देशै लुटिन्छ
झिकाए फटाहा पठाएर पत्र
पुग्यो मृत्युुशय्यातिरै लोकतन्त्र ।।

प्रकाशन मिति : २०८२ भदौ ७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा


TOP