Trend

                                                                                के पी भुसाल ‘अजस’
पहाड बस्ने पहाडी तराइ बासी हिमाली,
सुनौला फूल जुटेका एउटै माला नेपाली ।
पर्वतमाला वर्धान सगरमाथा शिर हो,
संसार सामु नझुक्ने नेपाली हामी वीर हो ।।

नदी र ताल हजार मिलेका बेशी जङ्गल ,
सुरिला भाका छोपेर नाँच्छन् डाँफे मुनाल ।
हरिया डाँडा मदेस वहार सधै विशाल ,
विश्वको माझ सुन्दर सान्त छ देश नेपाल ।।

पुर्खाले खुन पसिना भिजाइ ल्याए विहानी,
चन्द्र र सूर्य अङ्कित झण्डा छ हाम्रो निसानी ।
वहुल जाती संस्कृति हृदय हाम्रो विशाल ,
सबैको साझा उद्यान सिङ्गो देश नेपाल ।।

भिम्सेन थापा बल्भद्र जन्मिए यही माटोमा,
वैरीका सामु लडेथे नझुकी युद्ध भूमिमा ।
छातीमा बच्चा राखेर कदम अघि बढाए,
नालापानी किल्लामा वैरीका फौज धपाए ।।

बुद्धले यहीँ जन्मेर शान्तिका सन्देश फिजाए,
शिवले यसै भूमिमा धर्मको बास जमाए ।
भृकुटी सीता जनक विभूति हाम्रा उज्जल ,
सभ्यता हाम्रो पूर्वीय यो पुण्यभूमि नेपाल् ।।

दुःख र सुख बाँडेर बसौंला सबै मिलेर,
देशको लागि जुटेर बढ्नुछ अघि डटेर ।
उन्नति पथ समाऔं इज्जत हाम्रो नफाली,
विभेद हामी चाहन्नौं एउटै जात नेपाली ।।

प्रकाशन मिति :२०८२ मंसीर ८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP