Trend
बिहिबार , पुष १७, २०८२

श्याम घिमिरे,
पुस ८ अर्घाखाँची–
हुलाक सेवासम्बन्धी जानकारी, सेवा प्रवाहको अवस्था तथा सुधारका विषयमा केन्द्रित रही रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलवार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा कार्यरत रेडियो तथा टेलिभिजनकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा हुलाक सेवाको वर्तमान अवस्था, सेवाग्राहीमैत्री सेवा विस्तार, प्रविधिको प्रयोग, सञ्चार माध्यमसंगको सहकार्य तथा हुलाक सेवाका चुनौती र सम्भावनाबारे जिल्ला हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत भरत सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

हुलाक अधिकृत सापकोटाको अध्यक्षता,विमला पोख्रेल भट्टराइको स्वागत मनतब्य र हेमनाथ मरासीनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा हुलका नासु मदन भट्टराई र लेखापाल छविलाल घमले हुलाकले हालसम्म गरेका गतिबिधि,लोककल्याणकारी बिज्ञापन,सञ्चार गृहहरुसंगको सम्बन्ध लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

सहभागी सञ्चारकर्मीहरूले हुलाक सेवासंग सम्बन्धित सूचना सम्प्रेषणमा देखिएका समस्या, जनचेतना अभिवृद्धि र सेवाको प्रभावकारिता बढाउने विषयमा सुझाव राखेका थिए । कार्यक्रमले हुलाक कार्यालय र सञ्चार माध्यमबीच सहकार्य सुदृढ गर्दे सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP