Trend

के पी भुसाल अजस

राजा रजौटा कलमात्र गर्थे,
साना कुरामा प्रतिसोध लिन्थे,
मिचेर सीमा झगडा अनेक,
लडाइ हुन्थ्यो नथियो विवेक,

गोर्खा थियो शास्वत राज्य एक,
गर्थे मर्यादा सब ती छिमेक,
पृथ्वी महाराज,बढाइ शान,
नेपाल निर्माण गरे महान,

हौ धन्य पृथ्वी खुब नाम राख्यौ,
अमेलका राज्य जितेर छाड्यौ,
थियो नि तिम्रो कदमै कमाल,
नेपाल यो देश भयो विसाल,

दिव्योपदेश् जो छ तिमी दिएका,
राम्रा सबैछन् अतिनै मिलेका,
बुझेर तिम्रा उपदेश
धेर, अगाडि बढ्दा छ हुने सुधार,

अङ्कित् छ झण्डा रविचन्द्र हेर,
गाथा र गौरव् अति नै छ धेर,
छ भेष राम्रो पहिचान भाषा,
उँचो छ हाम्रो शिर नै हमेसा,
आकाश धर्ती जब सम्म होला,
नेपाल अक्षत् तबसम्म बोल्ला,
विभूति पृथ्वी पनि हौ महान,
सम्मान गर्छौ तब देव् समान ।।

हो पौष सत्ताइस एक दिन,
पृथ्वी जयन्ती छ भनेर जान,
मान्छौं सबै नै खुससाथ यो दिन्,
थिए नि ठूला नृप यी कुनैदिन्,

पृथ्वी तिमी हौ स्थिर चन्द्र एक,
र चम्कि रहेछौ जुन झैं उदेक,
संझेर तिम्रा गुन ती हरेक,
नेपालको खेल अदृष्य देख ।।

प्रकाशन मिति : २०८२ पुस २७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP