शनिबार २३ साउन २०८३

अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ । तीन दिनमा सुन तोलामा १३ हजार १०० रुपैयाँले बढेको हो । अस्ति बुधवार ४ हजार २०० रुपैयाँले, हिजो बिहीवार एकैदिन ८ हजार रुपैयाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाउ ९०० रुपैयाँले बढेको छ । सुन आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि लगातार बढेको छ । गएको आइतवार तोलामा ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमवार तोलामा ४० रुपैयाँले बढेर ४ हजार ३५०, मंगलवार ३० रुपैयाँले बढेर ४ हजार ३८०, बुधवार ९५ रुपैयाँले बढेर ४ हजार ४७५, हिजो पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० र आज अन्तिम कारोबार दिन तोलामा १० रुपैयाँँले बढेर चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो हप्ता चाँदी २७० रुपैयाँले बढ्यो । हिजो चाँदीको भाउ तोलाको चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।


Last Updated on: August 7th, 2026 at 12:33 pm
७ पटक हेरिएको

तपाईको प्रतिक्रिया