आइतबार १४ भाद्र २०८३

भदौ १४, २०८३- तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा शुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) , कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । समूह चरणमा नेपालले भोलि  बहराइनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । ujyaaloonline


Last Updated on: August 30th, 2026 at 10:16 am
३ पटक हेरिएको

तपाईको प्रतिक्रिया