Trend

केपी भुसाल ’अजस’ –
गाउंमा आमाछोरी मात्र एउटा सानो झुपडीमा दु:खले जीवन गुजरा गर्दै आएका रहेछन्। आमाले अरूको ढिकीजाँतो गरेर छोरीलाई पालनपोषण गर्दै आएकी थिइन् । उमेर अवस्था पूरा भएपछि उनले छोरीको विवाह पनि आफ्नो औकात अनुसार मिल्दोजुल्दो घर वर ठम्यार गरिदिइन् ।

केही समय पतिको घर समालेर छोरी आमाको घर आइछन् । आमाछोरीको भलाकुसारी हुदैगर्दा आफ्नो खसमलाई इङ्कित गर्दै छोरीले भनिछन्”अवता आमा तपाइको ज्वाइँले अरूको घरमा गोठालो नबस्नेअरे, छुट्टै घर बनाएर बस्ने अरे, भैंसी पनि किन्छन् रे, मलाईता दुध र दहीको केही कमि नहुनेभयो, मुगी बनाएर नौनीकोता म आफै मालिक बन्दै छु” छोरीका त्येस्ता कुरा सुनेर आमा सारै खुसी भएर” लौनबाए मलाई पनि अलीकति नौनीघ्यू यसैमा पाठाइदिएस भनेर मुख मिठ्याउदै पात दिन्थिन रे” मान्छेको औकात अनुसारको सोंच न हो योदुनियाँमा।

प्रकाशन मिति :  २०७९ पुष १९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP