
✍️ डिल्लीराज घिमिरे ( सङ्गम)
भूकिकास्थान ९ अर्घाखाँची
१
गरेर दिव्य साधना लिएर तत्त्व आउनू
टिपेर पुष्प हे सखी तिमी नि मुस्कुराउनू
खुसी र हर्ष छाउने नयाँ बहार आउँदा
सुरम्य हुन्छ जिन्दगी वसन्त मुस्कुराउँदा ।।
२
सुधीर धीर चित्तले युवा छ व्यस्त काममा
जपेर मुग्ध मन्त्र ओम पार्वती र राममा
इमान मान सानको हुनेछ भाग्यशालिनी
बनौँ सपूत राष्ट्रको गरेर बेस थालनी ।।
३
सुतेर हुन्न जाग है डटेर गर्नु सामना
बनेर खास नायबी समस्त गर्नु कामना
चढेर वृक्ष माथि नै गुराँस फूल ल्याउँला
वसन्त रीतु सम्झिँदै सँगैसँगै रमाउँला ।।
४
बतास वेग आउँदा अनेक तुच्छ वर्गका
अचम्म मान्न हुन्न लौ भविष्य भूत पूर्वका
पढेर पाठ वेदका सिकेर सार व्यक्तता
समाजभित्रभित्रनै सिकाउने छु सभ्यता ।।
५
चुसेर देश सिद्धियो विदेश मोह शक्तिले
प्रकाश छोड सुस्तरी बनेर शिष्ट भक्तिले
अनन्त सन्त साधुका बुझेर तृप्ति भावना
अपार शान्ति फैलियोस् सधैँ यही छ कामना ।।
नव वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना