Trend

केपी भुसाल ‘अजस’
(१)
बर्णभेद सबै पढ्दा , हुनेहो तब साक्षर,
नेपाली वर्णमालामा,छ पच्चीसौँ म अक्षर,
(२)
प बर्ग पढदै गर्दा, पाचौं पर्छ म अक्षर,
सर्बनाम लिदा ज्ञान, हो एउट म अक्षर,
(३)
मान्छेलाई अभिमानी,बनाउछ म अक्षर,
घमण्डीपन अज्ञान, बिगार्छ सहजै घर,

(४) मान्छेको बशमा हुन्न,आफ्नै देह कदाचन,
बुझेमा संसृति ज्ञान ,सत्य शिव सनातन

(५) स्वधर्म त्यागदै जादा बिग्रन्छ रीति गौरव,
कर्तव्य बिर्सने ब्यक्ति हुदैन सत्य सौरभ,
(६)
अहंवादी ठुलोमान्छे,धाकफूर्ति लगाउँछ,
अग्लोरूख सिमल् हेर,भुवामात्रै उडाउँछ,
(७)
मपाईं असत्ती मान्छे, कहाँ राम्रो सघाउछ, ,
वर्षाद् को धमिलो पानी,झाडा मैलो बढाउँछ,

(८) ’म’ र हामी दुबैशब्द, सर्बनाम भएपनि,
हामीलाई सधैभन्दा, बिग्रदैन सनातनी ,
(९)
सहयोगी महान् ब्यक्ति, हुदैनन् परपीडक,
अहङ्कारी रुखो ब्यक्ति,जो बन्छ पर घातक,

(१०) अन्यायका नशाकाटि,बनौं हामी सनातनी,
मकारको अहम् भाव , हटाएर बनौंगुनी ।।

प्रकाशन मिति :२०७९ पुष २९

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP