Trend

केपी भुसाल ‘अजस’
(१)
बर्णभेद सबै पढ्दा , हुनेहो तब साक्षर,
नेपाली वर्णमालामा,छ पच्चीसौँ म अक्षर,
(२)
प बर्ग पढदै गर्दा, पाचौं पर्छ म अक्षर,
सर्बनाम लिदा ज्ञान, हो एउट म अक्षर,
(३)
मान्छेलाई अभिमानी,बनाउछ म अक्षर,
घमण्डीपन अज्ञान, बिगार्छ सहजै घर,

(४) मान्छेको बशमा हुन्न,आफ्नै देह कदाचन,
बुझेमा संसृति ज्ञान ,सत्य शिव सनातन

(५) स्वधर्म त्यागदै जादा बिग्रन्छ रीति गौरव,
कर्तव्य बिर्सने ब्यक्ति हुदैन सत्य सौरभ,
(६)
अहंवादी ठुलोमान्छे,धाकफूर्ति लगाउँछ,
अग्लोरूख सिमल् हेर,भुवामात्रै उडाउँछ,
(७)
मपाईं असत्ती मान्छे, कहाँ राम्रो सघाउछ, ,
वर्षाद् को धमिलो पानी,झाडा मैलो बढाउँछ,

(८) ’म’ र हामी दुबैशब्द, सर्बनाम भएपनि,
हामीलाई सधैभन्दा, बिग्रदैन सनातनी ,
(९)
सहयोगी महान् ब्यक्ति, हुदैनन् परपीडक,
अहङ्कारी रुखो ब्यक्ति,जो बन्छ पर घातक,

(१०) अन्यायका नशाकाटि,बनौं हामी सनातनी,
मकारको अहम् भाव , हटाएर बनौंगुनी ।।

प्रकाशन मिति :२०७९ पुष २९

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 10 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 24 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 18 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP