Trend
बुधबार , फागुण ६, २०८२

सागर मरासिनी,
सन्धिखर्क पुष २९–
सन्धिखर्क नगरपालिका ७ नम्वर वडा कार्यालयले युवा क्लबलाई पञ्चे बाजा हस्तान्तरण गरेको छ । सन्धिखर्क ७ मा रहेको खाँचिकोट दरबार युवा क्लबलाइ एक कार्यक्रमका बिच बिहिवार पञ्चे बाजाको सेट हस्तान्तरण गरीएको वडाअध्यक्ष चुरा बहादुर केसीले जानकारी दिनुभयो । आ.ब.२०७९/८० को आदिवासी जनजाति कला–संस्कृती कार्यक्रम अन्तर्गत क्लबलाई पञ्चे बाजा हस्तान्तरण गरेको अध्यक्ष केसीको बताउनुभयो ।

पञ्चे बाजाको संरक्षणगर्न लागीपरेको वडाले गाउँमै आएर बाजा हस्तान्तरण गर्दा आफुहरु खुसि भएको क्लबका अध्यक्ष गणेश सुर्यवंशिको भनाई रहेको छ । कार्यक्रममा वडाअध्यक्ष केसी सहित वडासदस्य मिना ज्ञवालि, पुष्पा नेपाली, वडा सचिब तुलसा श्रेष्ठलगायत वडाको टोलि खाँचिकोट मैदानमै पुगेर क्लबलाई पञ्चेबाजा हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP