Trend

सन्धिखर्क एफएम,
माघ १ अर्घाखाँची-
अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको पाँचौं बर्ष पुरा गरि छैठौं बर्षमा प्रबेश गरेको छ । सन्धिखर्क नगरपालीका २ भक्तिटोलमा रहेको प्रशिद्ध धार्मिक स्थल सिद्वेश्वर शिवालय मन्दिरको काखबाट प्रसारित रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते एक भब्य कार्यक्रमका बिच शुभारम्भ गरीएको थियो ।

बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले सुचना ज्ञान,मनोरञ्जन र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गर्दे आईरहेको छ । रेडियोलाई एफएम बेण्डको ८९ थोप्लो ८ मेगाहर्ज संगै हाम्रो पात्रो र नेपाली पात्रो मोवाईल एप्सका अलवा सन्धिपोष्ट डटकम र सन्धिखर्क एफएमको फेसबुक आईडिबाटपनि एकैसाथ सुन्न सकिने रेडियोका स्टेशनमेनेजर श्याम घिमिरेले बताउनुभयो ।

बार्षिकोत्सबको अबसरमा रेडियोले, रेडियो सुन्ने सम्पुर्ण स्रोता, बिज्ञापनदाता, पाठक, कर्मचारी ,पत्रकार, सहयोगी संघसंस्था र शुभेच्छुकहरुप्रति हार्दिक आभार समेत प्रकट गरेको छ । बिभिन्न चुनौतीका बिच पनि सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार तथा निरन्तर सन्तुलित विचार प्रवाहको प्रतिबद्धतापनि रेडियोले गरेको छ । रेडियो प्रति श्रोताको माया, ममता, स्नेह र सहयोगले आगामि दिनहरुमा रेडियोलाई अझै अघि बढ्न थप प्रेरणा मिल्ने रेडियोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मतदाताहरूलाई निराश नहुन पीताम्बर भुसालको आग्रह

मत – छन्द : तोटक

गजल

साईनबोर्डका अक्षर कोर्ने हात अब संसदमा कानुन लेख्ने जिम्मेवारीमा

जनमत – लोकछन्द

श्रीकृष्ण भुसालको नजरमा पिताम्बर भुसाल, पिताम्बर भुसाल नै अर्घाखाँचीका लागि योग्य, नैतिक र भरोसायोग्य उम्मेदवार – एमाले नेता श्रीकृष्ण भुसाल


TOP