Trend

अनुष्टुप

केपी भुसाल  ‘अजस ’
आत्मा कालो हुने मान्छे, देख्दैन सत्य साधक,
कालो चस्मा खुबै हुन्छ, राम्रो हेर्न नित्य वाधक,

बसन्त ऋतुमा हेर,धर्ती सुन्दर् बसाउँछ,
कालोचस्मा लगाएमा , धब्बा मात्रै बताउँछ,

चर्मचक्षु सदा ज्ञानी , सत्य तथ्य बताउँछ,
उपनेत्र लगाउंदा , भ्रमजाल फिजाउँछ,

कालोआँखा सधै सुन्दर्,मान्छेको रूपअङ्ग हो,
दृष्टि झुट्टा हुदैहुन्नन्, मान्छेको सोंच नग्न हो,

मान्छेको देहमा हुन्छ भित्री ज्ञान झनै दिगो,
भित्री आँखा खुले मात्रै मनुष्य हो हुने ठुलो,

कालो आत्मा हुने मान्छे सक्दैन सत्य देखन,
जन्मजात निचो बानी सुध्रन्न भित्र लोचन,

कालो खेती सधै उत्तम कालो बादल सदा शुभ,
कालो सोच सधै घाती कृष्ण सर्प सदा विष,

कालो केस नयन् काला राम्रो सोभा जनाउछ,
कालो आत्मा सधै हेर,देह् जिउँदो जलाउछ,

मान्छेका भित्र पर्दाको जानि सक्नु कहा छर ?
नबुझेमा अधः ज्ञानी बुझेमा भवसागर,

उपनेत्र सदा हुन्छन् चर्मचक्षु उपाासक,
ठाउँहेरि लिदा काम हुनेहो सत्य साधक ।।

प्रकाशन मिति : २०७९ फागुन ३

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP