Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
फागुन ७ अर्घाखाँची-
लुम्बिनी प्रदेश सरकारका खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले अबको ५ वर्षभित्रमा लुम्विनि प्रदेशका सबै जिल्लामा आवश्यकता र औचित्यको आधारमा सबैको घर–घरमा खानेपानीको धारा जोड्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आईतवार सदरमुकाम सन्धिखर्कमा गरेको सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताउनुभएको हो ।

मन्त्री आचार्यले बढ्दो खानेपानीको माग सम्बन्धमा देखिएका चुनौतीको व्यवस्थापन गर्न सबै क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने बताउदै अबको ५ वर्षभित्रमा सबैको घर–घरमा खानेपानीको धारा जोड्ने मुख्य उद्देश्यका साथ आफुले मन्त्री पद समालेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री आचार्यले जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिंदै अधुरा रहेका कामहरुलाई क्रमश अगाडि बढाउने दाबि गर्नुभयो । आचार्यले जिल्ला अस्पताल सुधार सहित शिक्षा,सडकको स्तरोन्नती,पर्यटन क्षेत्रको बिकास,रोजगारी सृजना लगायतका कामहरुमा आफुहरु योजना बनाएर लागी परीरहेको भन्दै  बिकास निर्माणमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता,सचिब बिनोद गैरेको सञ्चालन र सहसचिब हृदयकुमार भुसालको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP