Trend

 केपी भुसाल ‘अजस’ 

(१ )

फिर्दा खुसीको दिन एक होली,
बकाउ्छ यस्ले मनपेट खोली,
सकाउ्छ पीडा क्षणमै पखाली,
रमाउ्छ होली रसले अचाक्ली,
(२)
ल्याउँछ होली रङको बहार ,
हटाउ् छ यस्ले मनका विकार ,
गर्छन् सबैले खुसले सकार,
हसाउ्छ होली सबको मुहार,
(३)
चाड्बाड आफै दुखको हुदैन,
सबै जनामा सुख यो दिदैन,
चाड् बाड आउ्छन् खुसले रमाइ,
फर्कन्छन् कसैमा रिनपो थमाइ,
(४)
सामर्थ्यवान् ले गरदा कुकर्म,
हराउ्छ उस्को सबथोक धर्म,
सत् काम गर्दा समझेर भक्ति,
मिल्ने छ सारै अनमोल शक्ति ,
(५)
धर्ती सबैमा असङख्य वृष्टि,
रहे छ मान्छे अनमोल सृष्टि,
विवेक धारी छ मनुष्य मात्र,
बुझिन्छ यस्मै अपवित्र भित्र,
(६)
छ बास अग्लो धररा सरीको,
गद्दा छ सारै मनले कथेको,
पाए छ कैयौं सुविधा छ भित्र,
आउ्दैन निद्रा नत चैन मित्र,
(७)
खाँना अनौठा जुटदा बिभिन्न,
भोकै नलाग्दा हुन जान्छ खिन्न,
न भोक निद्रा धनमा छ बुद्धि,
दिदैन होली सुख शान्ति सिद्धि,
(८)
होली छ केही जनला हजार,
कमाइ गर्ने छ सदै हतार,
देखिन्छ ठूलो उछुतो घमास,
कुर्ची छलको गजवी तमास,
(९)
असत्य को हार बताउ् छ होली,
अधर्मको नाश बताउ् छ होली,
ज्ञानी हरूको जित बताउ्छ होली,
सत् ज्ञानको पाठ सिकाउ्छ होली,
(१०)
बोलौं खुसीले मनपेट माझी,
रमौं सदा सत्य नछाडि हाँसी,
बोलौं मिठासी अनमोल बोली,
लिएर शिक्षा सबथोक होली ।।

प्रकाशन मिति :२०७९ फागुन २२

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP