Trend

श्याम घिमिरे,
चैत १० सन्धिखर्क –

सन्धिखर्क नगरपालिका २ नम्बर वडाकार्यालयको आयोजनामा सुक्रवार टोल विकास संस्थाका पदाधिकारीहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरको समग्र बिकासकोलागी सबै नगरबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले नगरभित्रका अत्यावश्यक आबश्यकताहरु बिस्तारै पुराहुदै गइरहेको भन्दै आगामी ५ बर्षमा नगरपालीकालाई बिकसित नगरपालीका बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

श्रेष्ठले नगरपालीका भित्रका सडकहरुमा बिजुलिबत्ती जडानसंगै सिसी क्यामरा जडान कार्य पनी सुरु गरीने योजना रहेको बताउनुभयो । श्रेष्ठले नगरभित्र व्यवस्थीत बसोवास, खानेपानी,बिद्युत, सडक,स्वास्थ्य,शिक्षा, कृषिलगायत बिकास निर्माणका कार्यहरुलाई पहिलो प्राथमिकतामा राखि काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्य, राजश्व शाखा प्रमुख (अधिकृत छैठौं तह) मुक्तिराम खनाल र ईन्जिनियर प्रमोद केसिले सन्धिखर्क नगर भित्र फोहोरमैलाको व्यवस्थापन ,व्यवसाय कर, नयाँ नक्सा पास/ नक्सा अभिलेखिकरण ,सम्पत्ति कर (तिरो) बजार अनुगमन र करको दायरामा नआएका व्यवसायीहरूको बारेमा मनतब्य सहित सहजिकरण गर्नुभएको थियो ।

सन्धिखर्क नगरपालिका २ नम्बर वडा अध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षता र वडासचिव पुष्पा भुसालको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा टोल बिकास समितिका पदाधिकारीहरुले आआफ्नो टोलमा रहेका बिभिन्न समस्याहरुको बारेमा जानकारी गराउनु भएको थियो । सोहि अबसरमा टोल बिकास संस्थालाई डस्विन समेत बितरण गरीएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP